कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति गर्न मिल्दैन : रघुजी पन्त - Chaitanya News
  • 2026-07-07
  • 17:20:21
  • मंगलबार,आषाढ २३, २०८३
  • कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति गर्न मिल्दैन : रघुजी पन्त

    कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति गर्न मिल्दैन : रघुजी पन्त

    काठमाडौं — नेकपा एमालेका नेता रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद मात्रै भएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने, राष्ट्रपतिलाई सल्लाहकार होइन विज्ञ मात्र आवश्यक रहेको पन्तले उल्लेख गरे।

    पूर्वमन्त्री समेत भएका पन्तले भने, ‘हालको अभ्यास र प्रणालीलाई बलियो बनाउनुपर्छ, परराष्ट्र मामिलासम्बन्धी विषय परराष्ट्र मन्त्रालयका आधारमा मात्र चल्नुपर्छ। कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति गर्न मिल्दैन।’