काठमाडौं पुगे ११ दिन पैदलै हिँडेर मिटर ब्याज पीडित - Chaitanya News
  • 2026-11-08
  • 08:13:34
  • आइतबार,कार्तिक २३, २०८३
  • काठमाडौं पुगे ११ दिन पैदलै हिँडेर मिटर ब्याज पीडित

    काठमाडौं पुगे ११ दिन पैदलै हिँडेर मिटर ब्याज पीडित

    काठमाडौं– ११ दिनको पैदल हिँडेर तराई मधेसका मिटर ब्याज पीडित काठमाडौं पुगेका छन्।

    चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन्।

    मिटरब्याजविरुद्धको संघर्ष समितिको समन्वयमा उनीहरु ‘बर्दिबास(काठमाडौं पैदल मार्च अभियान’ मा सहभागी भएका हुन्।

    तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग उनीहरुले राखेका छन्।

    बालबच्चा बोकेका महिलाहरुसमेत पैदल मार्चमा सहभागी छन्।