संविधान पालना र संरक्षण प्रमुख दायित्व र कर्तव्य : राष्ट्रपति पौडेल - Chaitanya News
  • 2026-07-03
  • 07:36:19
  • शुक्रबार,आषाढ १९, २०८३
  • संविधान पालना र संरक्षण प्रमुख दायित्व र कर्तव्य : राष्ट्रपति पौडेल

    संविधान पालना र संरक्षण प्रमुख दायित्व र कर्तव्य : राष्ट्रपति पौडेल

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन्।

    शनिबार शीतलनिवस पुगेका नेपाल बार एसोसिएशनको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन्।

    राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रक्रियामा समेत रहेर काम गर्ने अवसर प्राप्त भएकाले संविधानले राष्ट्रपतिलाई दिएको काम कर्तव्य र अधिकारप्रति आफु सचेत नै रहेको बताए।

    ‘संविधानको अक्षर र भावनाको मर्म अनुरुप कानुनका जानकारहरूले काम गर्न सुझाव र सल्लाह दिनुहोला,’ उनले भने।

    नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थियो।