पत्रकार दीपेन्द्र दोङ तामाङको निधन - Chaitanya News
  • 2026-11-08
  • 05:30:32
  • शनिबार,कार्तिक २२, २०८३
  • पत्रकार दीपेन्द्र दोङ तामाङको निधन

    पत्रकार दीपेन्द्र दोङ तामाङको निधन

    काठमाडौं– पत्रकार दीपेन्द्र दोङ तामाङको निधन भएको छ। ब्रेन स्ट्रोक भएर एक सातादेखि मेडिसिटी हस्पिटलमा उपचाररत ४४ वर्षे तामाङको आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

    इमेज एफएफ, सिटिजन एफएफ, रेडियो जनतालगाय मिडियाको सम्पादकीय भूमिकामा रहेर काम गरिसकेका उनी पछिल्लो समय मध्यान्ह दैनिकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।

    २७ फागुन बिहान घरमै बसेका बेला ब्रेन स्टोकका भएर ढलेका तामाङलाई चाबहिलस्थित दीर्घायू अस्पताल पुर्‍याइएको थियो। लगत्तै उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा लगिएको थियो।

    खासगरी रेडियो म्यागेजिन र फिचर राइटिङमा दख्खल राख्ने तामाङ प्रभावशाली लेखक एव सिनेकर्मी पनि थिए। डेढ दशकदेखि पत्रकारितामा सक्रिय तामाङका एक छोरा, एक छोरी र श्रीमती छन्।