समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-07-03
  • 07:35:30
  • शुक्रबार,आषाढ १९, २०८३
  • समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

    समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन।

    नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हाुन।

    लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले बताए। राजनीतिक नेतृत्वमा मात्र नभइ समाजका हरेक गतिविधिमा महिला सहभागितालाई प्राथमिकतामा राखेर समतामूलक समाज निर्माणतर्फ देश अग्रसर रहेको बताए।

    ुशिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवालगायत हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण गर्न सकिन्छ। महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराएर नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छु, प्रधानमन्त्री प्रचण्डले भने।

    संविधानले नै सरकारका विभिन्न निकायमा निश्चित प्रतिशत महिला सहभागिता अनिवार्य गरेको उल्लेख गर्दै उनले उनीहरुको सशक्तीकरणका लागि पर्याप्त बजेट र स्रोत विनियोजन गरेको उल्लेख गरे। संविधानले संसदमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ। अहिले पालिकामा ४१ प्रतिशतभन्दा बढी महिला छन्। अरू देशको तुलनामा महिलाको यो राजनीतिक सहभागिता बढी होु, प्रधानमन्त्री प्रचण्डले भने।

    महिलामा सिर्जनात्मक क्षमता बढी हुने उल्लेख गर्दै उनले आर्थिक क्षेत्र र उद्यमशीलता विकासमा पनि उनीहरुको सहभागिता बढाउँदै लैजानुपर्नेमा जोड दिए। लैङ्गिक असमानता हुँदा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न नसक्ने उहाँको भनाइ छ।

    दुई दिनसम्म चल्ने सम्मेलनमा महिला सशक्तीकरण तथा नेतृत्व विकास र उद्यमशीलतामार्फत् अर्थतन्त्रमा महिलाको योगदानलगायत विषय प्राथमिकताका साथ उठाइने परिसङ्घले जनाएको छ।