नीजि जीवन सुधारबाटै मुलुक सुधारको सुरुवात हुन्छ : अध्यक्ष ओली - Chaitanya News
  • 2026-07-03
  • 07:35:30
  • शुक्रबार,आषाढ १९, २०८३
  • नीजि जीवन सुधारबाटै मुलुक सुधारको सुरुवात हुन्छ : अध्यक्ष ओली

    नीजि जीवन सुधारबाटै मुलुक सुधारको सुरुवात हुन्छ : अध्यक्ष ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीजि जीवन सुधारबाटै मुलुक सुधारको सुरुवात हुने बताएका छन्।

    रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेसनमा अध्यक्ष ओलीले देशका लागि योगदान गर्न पहिलो चरणमा आफ्नो अवस्था सुधार गर्नु पर्ने बताए।

    ओलीको भनाइ छ– ‘मुलुक सुधारको सुरुवात नीजि जीवन सुधारबाट हुन्छ। पहिलो चरणमा आफ्नो अवस्था सुधार हुनु प¥यो। त्यसले उसको परिवार सुधार गर्छ। परिवार सुधार भएगाउँ सुधार हुन्छ। गाउँ सुधार हुँदा जिल्ला र जिल्ला सुधारबाट देश सुधार हुन्छ। म सुधार गर्दिन भनेर बस्दा आफैं सुधार हुँदैन। आफूले आफ्नो प्रवन्धन गर्न सके देशको आर्थिक उन्नति र गरीवि निवारणमा योगदान पुग्छ। आफ्ना लागि काम गरिएन भने देशका लागि छुट्टै काम हुँदैन।’

    अध्यक्ष ओलीले पदको पछि लागेर देश सुधार नहुने बताए। समस्याको समाधान गर्ने नीति–निर्माण गर्ने र कार्यन्वयन गर्न सक्ने नेतृत्व छान्न सक्नु अहिलेको आवश्यकता रहेको उनको भनाई थियो।