उपनिर्वाचनमा रास्वपाले गठबन्धन नगर्ने निर्णय - Chaitanya News
  • 2026-07-03
  • 06:11:00
  • शुक्रबार,आषाढ १९, २०८३
  • उपनिर्वाचनमा रास्वपाले गठबन्धन नगर्ने निर्णय

    उपनिर्वाचनमा रास्वपाले गठबन्धन नगर्ने निर्णय

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ।

    आज बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा गठबन्धन नगरी तीन वटै क्षेत्रमा चुनाव लड्ने निर्णय गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।

    तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ।

    उम्मेदवार छनौटका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरू गर्ने निर्णयसमेत पार्टीले गरेको छ।

    साथै रास्वपाले तनहुँमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल र बारामा केन्द्रीय सदस्य गणश कार्कीको नेतृत्वमा निर्वाचन परिचालन समितिसमेत बनाएको छ।