नयाँ प्रहरी प्रमुख छान्न मन्त्रिपरिषद बैठक जारी - Chaitanya News
  • 2026-07-03
  • 06:10:39
  • शुक्रबार,आषाढ १९, २०८३
  • नयाँ प्रहरी प्रमुख छान्न मन्त्रिपरिषद बैठक जारी

    नयाँ प्रहरी प्रमुख छान्न मन्त्रिपरिषद बैठक जारी

    काठमाडौं– नेपाल प्रहरीको नयाँ प्रमुख छान्नका लागि मन्त्रिपरिषद बैठक बसीरहेको छ। वर्तमान प्रहरी प्रमुखको कार्यकाल आजै सकिने भएकाले मन्त्रिपरिषदले नयाँ प्रहरी प्रमुख छान्न लागेको हो।

    नयाँ प्रहरी प्रमुखका लागी प्रतिस्पर्धामा रहेका पाँच जनामध्ये मन्त्रिपरिषदले गृहमन्त्रालयको सिफारिसमा नयाँ प्रहरी प्रमुख चयन गर्ने छ।

    पछिल्लो केही दिन यता नयाँ प्रहरी प्रमुख चयनलाई लिएर सर्वत्र चासो छ। नियमित मन्त्रिपरिषद बैठक यसअघि बिहिबार बस्ने चलन भए पनि शुक्रबार ४ बजेदेखि बैठक बसिरहेको छ।