विदेशबाट नेपालमा पैसा आउन कुनै कमी छैन : अध्यक्ष नेपाल - Chaitanya News
  • 2026-07-07
  • 15:54:26
  • मंगलबार,आषाढ २३, २०८३
  • विदेशबाट नेपालमा पैसा आउन कुनै कमी छैन : अध्यक्ष नेपाल

    विदेशबाट नेपालमा पैसा आउन कुनै कमी छैन : अध्यक्ष नेपाल

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विदेशबाट नेपालमा पैसा आउन कुनै कमी नभएको बताएका छन्। शुक्रबार आफ्नै पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचारकै कारण आएको पैसाको समेत सही सदुपयोग हुन नसकेको बताए।

    ‘यहाँ म सुनिरहेको छु–यहाँ म सुनिरहेको छु कि विदेशबाट पैसा आउन कुनै कमी भएको छैन’, उनले भने, ‘पैसाको भण्डार छ गल्फ कन्ट्रीहरु भन्ने हो भने।’ कतिपय देशहरु नेपालमा लगानी गर्ने, उत्पादन गरेर लाभ लिने र नेपाललाई हस्तानतरण गर्न इच्छुक रहेपनि यहाँ नलिने गरिएको बताए। त्यसो गर्नुमा भ्रष्टाचार नै कारण रहेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ छ। नेपालमा पर्यटन र हाइड्रो पावरको प्रमोशन गर्नसकेमात्रै नेपालको आर्थिक अवस्था मजवुत बन्ने नेपालको भनाइ छ।