दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम - Chaitanya News
  • 2026-05-21
  • 01:34:12
  • बुधबार,जेठ ०६, २०८३
  • दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम

    दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम

    काठमाडौँ– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथि भएको उत्पीडनको अन्त्य नहुने बताएका छन्। शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिनु नहुने बताए। उनले जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडनको अहिलेसम्म अन्त्य हुन नसकेको बताए। उनले दलित भनेर प्रतिनिधित्व पनि गराउनु नहुने बताए।

    उनले कसैले कसैलाई दलित र उत्पीडित भन्नु नहुने भन्दैसबै मानिस एकै भएको बताए। दलित र उत्पीडित जस्ता शब्द नै खारेज गर्नुपर्ने उनको भनाइ छ। उनले छुवाछुत गर्नेलाई आजिवन कारावास र भेदभाव गर्नेलाई कम्तिमा दश वर्ष कैद र जरिवाना गर्नुपर्ने कडा कानून बनाउनुपर्ने बताए।
    उनले उमेरको आधारमा पनि कसैलाई विभेद गर्नु नहुने भन्दै मान्छेले मान्छेलाई गर्ने सबै प्रकारको विभेदहरुको अन्त्य गर्नुपर्ने बताए।