काठमाडौं– राष्ट्रिय जनगणना २०७८ मा गणना गरिएका जम्मा ६६ लाख ६६ हजार ९३७ परिवारमध्ये ३१.५५ प्रतिशत अर्थात २१ लाख ३ हजार २७८ परिवारको मूली महिला रहेका छन्।
भौगोलिक हिसाबले पहाडमा सबैभन्दा बढी ३४.५७ प्रतिशत अर्थात १० लाख १९ हजार ५१५ घरको मूली महिला रहेका छन्। दोस्रोमा तराईमा २९.३८ प्रतिशत अर्थात नौ लाख ७१ हजार ९०६ घरको मूली महिला रहेका छन्। सबैभन्दा कम हिमाली प्रदेशमा २७.३० प्रतिशत अर्थात १ लाख ११ हजार ८५७ घरको मूली महिला रहेका छन्।
प्रदेशतर्फ सबैभन्दा बढी गण्डकीमा ४१ प्रतिशत अर्थात २ लाख ७१ हजार ५०६ घरको मूली महिला रहेका छन्। दोस्रोमा लुम्बिनीमा ३५.५२ प्रतिशत अर्थात ४ लाख ५६ हजार ४ घरको मूली महिला रहेका छन्। तेस्रोमा सुदूरपश्चिममा करिब ३५ प्रतिशत अर्थात २ लाख १ हजार ३४१ घरको मुख्य महिला रहेका छन्।
सबैभन्दा कम मधेसमा २१.७२ प्रतिशत २ लाख ५१ हजार २५८ घरको मूली महिला रहेका छन्। २०६८ सालको तुलनामा ५.८२ प्रतिशतले घरमूली हुने महिलाको संख्या बढेको छ।
भूगोल र प्रदेशको आधारमा महिला घरमूलीको विस्तृत विवरण
