बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत - Chaitanya News
  • 2026-05-21
  • 01:30:34
  • बुधबार,जेठ ०६, २०८३
  • बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

    काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।

    आज प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मत प्रस्तावका पक्षमा ६७ मत आएको छ भने विपक्षमा १७ मत मात्रै आएको छ।

    ७ जना सांसद भने तटस्थ बसेका छन्।

    राप्रपाले सरकार छाडेपछि उनले विश्वासको मत लिएका हुन्। साथै आजै नेकपा एमाले पनि सरकारबाट बाहिरिएको छ।

    बागमती प्रदेश सभामा ११० जना सांसद छन्। आज जम्मा ९१ जना सांसद उपस्थित भएका थिए।