बाघको आक्रमणबाट कञ्चनपुरकी महिलाको मृत्यु - Chaitanya News
  • 2026-11-08
  • 04:34:54
  • शनिबार,कार्तिक २२, २०८३
  • बाघको आक्रमणबाट कञ्चनपुरकी महिलाको मृत्यु

    बाघको आक्रमणबाट कञ्चनपुरकी महिलाको मृत्यु

    धनगढी– भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएका बेला बाघले आक्रमण गर्दा कञ्चनपुरकी महिलाको मृत्यु भएको छ।

    शुक्रबार बिहान नेशनल पार्कभित्र घाँस दाउरा गर्न गएकी पुनर्बास नगरपालिका–१० को भीमबस्तीकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लले बिहान करिब ९ बजेतिर बाघको आक्रमणबाट महिलाको मृत्यु भएको जानकारी दिए।

    उनका अनुसार दुुधुवा नेशनल पार्कको नम्बर ८ कुवा एसएसबी क्याम्पको डेढ किलोमिटर भित्र जंगलमा महिलाको शव भेटिएको थियो।

    उनीसँगै घाँस, दाउरा गर्न गएका भीमबस्तीकै ७ जना महिलाहरुले चिच्याएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए।

    प्रहरी निरीक्षक मल्लका अनुसार महिलाको शव भारतीय प्रहरीले नेपाल प्रहरीलाई बुझाउने तयारी गरेका छन्। उनको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरेपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।