लगानी दिन सक्ने हैसियत भएता पनि बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह नगरेको आरोप - Chaitanya News
  • 2026-06-16
  • 18:00:46
  • मंगलबार,आषाढ ०२, २०८३
  • लगानी दिन सक्ने हैसियत भएता पनि बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह नगरेको आरोप

    लगानी दिन सक्ने हैसियत भएता पनि बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह नगरेको आरोप

    काठमाडौँ– नेपाल राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोखरेलले बैंक तथा वित्तीय संस्थाको लगानी दिन सक्ने हैसियत भएता पनि ऋण प्रवाह नगरेको आरोप लगाएका छन्।

    बैंंक तथा वित्तीय संस्थामा दृष्टि विहीन महिलाहरूको समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रत्येक बैंक तथा वित्तीय संस्थाले ७ अरब रुपैयाँको रकम राष्ट्र बैंकमा थन्काएर राखेको बताएका हुन्।

    ‘बैंक तथा वित्तीय संस्थाको लगानी दिन सक्ने हैसियत छ। बैंक तथा वित्तीय संस्थाले एक अर्कोलाई ७ प्रतिशत व्याजका ऋण दिने काम भएको छ। प्रत्येक बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा ७ अरब रुपैयाँ थन्काएर राखेका छन्। यदि ऋणको माग भएको भए ऋणमा प्रवाह गर्नुहुन्थ्यो। राष्ट्र बैंकले १ रुपैयाँ पनि व्याज दिँदैन।’

    सोही कार्यक्रममा बोल्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोक्काले नागरिकले राज्य भएको अनुभूति गर्न नसकेको टिप्पणी गरे। बैंक तथा वित्तीय संस्थामा अपांगता भएका व्यक्तिहरूको समस्या बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न सरकारको पक्षबाट केही पहल नभएको उनको आरोप छ।