गण्डकी सरकारबाट बाहिरियो माओवादी - Chaitanya News
  • 2026-05-21
  • 01:29:46
  • बुधबार,जेठ ०६, २०८३
  • गण्डकी सरकारबाट बाहिरियो माओवादी

    गण्डकी सरकारबाट बाहिरियो माओवादी

    काठमाडौं– गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ।

    प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि सरकारमा सहभागी भएका मन्त्री फिर्ता भएका हुन्।

    शुक्रबार बसेको संसदीय दलको बैठकबाट माओवादीले नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्री पनि फिर्ता बोलाउने निर्णय गरेको हो।

    माओवादीका मन्त्रीहरूले मुख्यमन्त्री अधिकारीलाई राजीनामा पत्र बुझाउने तयारी गरेका छन्।

    माओवादीबाट गण्डकीमा भौतिक पूर्वाधारमा हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरणमा रेशमबहादुर जुग्जाली मन्त्री थिए ।

    केन्द्रीय सत्ता समीकरणको प्रभाव परेपछि एमाले नेतृत्वको सरकार संकटमा परेको हो ।

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ७ सांसद छन् ।