जनसङ्ख्या घट्यो, यस्तो छ राष्ट्रिय जनगणनाको नतिजा (पूर्णपाठसहित) - Chaitanya News
  • 2026-05-21
  • 01:34:13
  • बुधबार,जेठ ०६, २०८३
  • जनसङ्ख्या घट्यो, यस्तो छ राष्ट्रिय जनगणनाको नतिजा (पूर्णपाठसहित)

    जनसङ्ख्या घट्यो,  यस्तो छ राष्ट्रिय जनगणनाको नतिजा  (पूर्णपाठसहित)

    काठमाडौं- जनसङ्ख्याको तथ्याङ्कले देशको समग्र चित्र देखाएको र जनसङ्ख्या वृद्धिदर घटेको देखिएको छ ।

    प्रारम्भिक तथ्यांकमा भन्दा करिब २८ हजार जना जनसंख्या घटेको देखिएको छ । १४ महिनाअघि तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना थियो । तर, शुक्रबार सार्वजनिक गरिएको विस्तृत तथ्यांकमा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ कायम भएको छ । जुन प्रारम्भिक जनसंख्या भन्दा २७ हजार ९०२ जनाले कमी हो ।

    शुक्रवार काठमाडौंमा १२ औं राष्ट्रिय जनगणना २०७८ को विस्तृत नतिजा सार्वजनिक गरिएको हो । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ ।

    यस पटक वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ, जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

    त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको छ ।