नेपाल र इटालीबीचको सम्बन्धलाई नागरिकस्तरमा विस्तार गर्नुपर्छ : मन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-05-21
  • 00:00:32
  • बुधबार,जेठ ०६, २०८३
  • नेपाल र इटालीबीचको सम्बन्धलाई नागरिकस्तरमा विस्तार गर्नुपर्छ : मन्त्री श्रेष्ठ

    नेपाल र इटालीबीचको सम्बन्धलाई नागरिकस्तरमा विस्तार गर्नुपर्छ : मन्त्री श्रेष्ठ

    काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नेपाल इटाली बीचको सम्बन्धलाई नागरिक स्तरमा बिस्तार गर्दै पर्यटकीय सम्बन्ध कायम गर्नुपर्ने बताएका छन्। बिहीबार राजधानीमा आयोजना भएको नेपाल–इटाली चेम्बर अफ कमर्सको ९ औँ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

    उनले इटाली नेपालको भरपर्दो व्यापार साझेदार रहेको समेत बताए। हाल नेपाल र इटाली बीचको व्यापारमा नेपाललाई वार्षिक २ अर्बभन्दा धेरै घाटा रहेको र त्यो घाटा घटाउन पहल थालिनुपर्ने मन्त्री श्रेष्ठले बताए। भने, ‘नेपालमा उत्पादित चिया कफी र कृषिजन्य वस्तु निर्यातको ठुलो सम्भावना छ। सिङ्गो युरोपमा नेपाली वस्तुको भ्यालु याड गर्ने सम्भावना छ ।’

    उनले इटालीका पर्यटकको खर्च गर्ने क्षमता धेरै रहेकाले नेपालमा आकर्षण गर्न सक्नुपर्ने समेत उनले बताए। कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्यापारिक र कूटनीतिक सम्बन्ध सुरु भएको धेरै लामो समय भएपनि नेपालमा इटालीको राजदूतावास नभएको बताए । नेपाल र इटालीको सम्बन्धलाई थप मजबुत पार्न सरकारले पहल थाल्नुपर्ने उनले बताए।