सेयर बजार १८ अंकले घट्यो, कतिमा हुँदैछ कारोवार? - Chaitanya News
  • 2026-05-01
  • 09:44:35
  • शुक्रबार,बैशाख १८, २०८३
  • सेयर बजार १८ अंकले घट्यो, कतिमा हुँदैछ कारोवार?

    सेयर बजार १८ अंकले घट्यो, कतिमा हुँदैछ कारोवार?

    काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १८ अंकमाथिले घटेको छ। यसदिन नेप्से सूचक १८.१५ अंकले घट्दै १९ सय १५.१४ अंकको विन्दुमा झरेको हो। १८ अंकमाथिले नेप्से घट्दै गर्दा यता १ अर्ब ४१ करोड १३ लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता सेयर कारोबार भएको छ।

    आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ। आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्यमा ७.४६ प्रतिशतले घट्न पुगेको छ।