नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो बैंक तथा वित्तीय संस्थाको बिदाको सूची - Chaitanya News
  • 2026-05-01
  • 09:44:34
  • शुक्रबार,बैशाख १८, २०८३
  • नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो बैंक तथा वित्तीय संस्थाको बिदाको सूची

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो बैंक तथा वित्तीय संस्थाको बिदाको सूची

    काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पाउने बिदाको सूची सार्वजनिक गरेको छ। बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले बैंकहरुलाई अत्यावश्कीय सेवामा राख्दै बिदाको समय निर्धारण गरेको छ।

    राष्ट्र बैंकले सरकारले तोकेको सार्वजनिक बिदाका कतिपय दिनमा पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिँदै आएको छ।

    २०८० सालका लागि राष्ट्र बैंकले दशैं बिदा फूलपातीदेखि द्वादशीसम्म र तिहार बिदा लक्ष्मीपूजादेखि किजा पुस २०८० कात्तिक २६ देखि कात्तिक २९ गतेसम्म दिने हुने भनेको छ।

    राष्ट्र बैंकले बिदालाई पनि क र ख गरी पूरा दिन र आधा दिनमा विभाजन गरेको छ। क वर्गको बिदामा पूरा दिन र ख वर्गको बिदामा आधा दिनमात्र बैंक तथा वित्तीय संस्था खुल्ने भनेको छ।