प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुँदैनन् : महामन्त्री थापा - Chaitanya News
  • 2026-07-07
  • 14:20:20
  • मंगलबार,आषाढ २३, २०८३
  • प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुँदैनन् : महामन्त्री थापा

    प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुँदैनन् : महामन्त्री थापा

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन्।

    बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन्।

    महामन्त्री थापाले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए।

    उनले प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको बताए।

    महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए।

    आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको उनले बताए।