आजबाट ललितपुर मेयर कप महिला टि–२० प्रतियोगिता शुरु - Chaitanya News
  • 2026-07-26
  • 09:22:15
  • आइतबार,साउन १०, २०८३
  • आजबाट ललितपुर मेयर कप महिला टि–२० प्रतियोगिता शुरु

    आजबाट ललितपुर मेयर कप महिला टि–२० प्रतियोगिता शुरु

    काठमाडौं– ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजबाट ललितपुर मेयर कप महिला टि–२० प्रतियोगिता शुरु हुँदैछ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज बिहान ९ बजेबाट खेल शुरु हुनेछ। गत माघमा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली सुदूरपश्चिम, मधेश प्रदेश, एपीएफसहित आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहने छ।

    पहिलो खेलमा ललितपुर मेयर ११ र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ। दोस्रो खेलमा नेपाल एपीएफ र मधेस प्रदेशबीच खेल हुनेछ।