बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी - Chaitanya News
  • 2026-07-03
  • 05:02:23
  • बिहिबार,आषाढ १८, २०८३
  • बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

    बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

    काठमाडौं– सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

    बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल जारी छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक संसद्मा विश्वासको मत प्राप्त गरेपछि चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका थिए। त्यसैबीच शीर्ष नेताहरु छलफलमा जुटेका हुन्।

    बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन्।