देशका तीन प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुने - Chaitanya News
  • 2026-11-07
  • 19:13:55
  • शनिबार,कार्तिक २२, २०८३
  • देशका तीन प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुने

    देशका तीन प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुने

    काठमाडौं- देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ।

    आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाका खनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव छ।