बैतडी- सुदूरपश्चिम विश्व विद्यालय अन्तरगतका बैतडीका तीन वटा क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन्।
जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस र मणिलेक बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले जित हासिल गरेको हो।
नेविसंघका अध्यक्ष कपिल केसीले यसलाई जिल्लामा नेविसंघको ऐतिहासिक जित भएको बताएका छन्। यसले दिनरात नभनेर आफू खटेको मिहिनेतको प्रतिफल प्राप्त भएको रूपमा लिएको उनले बताए।
‘यो जितका लागि अहोरात्र खटेर सहयोग गर्ने सबै साथिहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। उहाँहरूकै सहयोगले हामीले जिल्लामा सहजरूपमा जित निकाल्न सकेका हौं ‘, अध्यक्ष केसीले भने।
त्रिभुवन विश्व विद्यालय अन्तरगतका पुर्चुडी बहुमुखी र सिगास शिक्षा क्याम्पसमा नेविसंघले नै जित हासिल गरेको थियो।