प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्नेलाई ५ दिन थुनामा राख्न अनुमति - Chaitanya News
  • 2026-07-03
  • 04:51:50
  • बिहिबार,आषाढ १८, २०८३
  • प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्नेलाई ५ दिन थुनामा राख्न अनुमति

    प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्नेलाई ५ दिन थुनामा राख्न अनुमति

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्नेलाई ५ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ।

    मंगलबार काठमाडौँको बानेश्वरबाट प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेत छन्।

    जिल्ला प्रशासन कार्यालयले उनिहरुलाई ५ दिन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले बताए। काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अभद्र व्यवहार मुद्दामा उनीहरुलाई थुनामा राख्न अनुमति दिएका हुन्।

    मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा संवोध गर्न जाँदै गर्दा ३ जनाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। उनीहरु ‘स्वतन्त्र युवा अभियन्ता समूह’का सदस्य हुन्।