नेपालको आयात–निर्यात दुवै घट्यो - Chaitanya News
  • 2026-05-01
  • 09:44:56
  • शुक्रबार,बैशाख १८, २०८३
  • नेपालको आयात–निर्यात दुवै घट्यो

    नेपालको आयात–निर्यात दुवै घट्यो

    काठमाडौं– गत आर्थिक वर्षको यहि अवधिमा नेपालमा १३ खर्ब ८ अर्ब रुपैयाँको आयात भएको थियो। यो चालू आर्थिक वर्षको यही अवधिको तुलनामा १९.१३ प्रतिशतले कम हो। यस्तै, यस अवधिमा नेपालबाट १ खर्ब ४ अर्ब रुपैयाँको निर्यात भएको छ। गत आर्थिक वर्षको यही अवधिमा १ खर्ब ४७ अर्ब रुपैयाँको निर्यात भएको थियो। जुन, चालू आर्थिक वर्षको तुलनामा २९.०७ प्रतिशतले बढी हो।

    नेपालको आयात र निर्यात नै घटेपछि वैदेशिक व्यापार घाटा पनि घटेको छ। ८ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार १७ प्रतिशतले खुम्चिएको छ। यस अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ छ। जुन, गत आर्थिक वर्षको यही अवधिमा ११ खर्ब ६० अर्ब रुपैयाँ थियो।