बागमती प्रदेशसभा बैठक सर्यो - Chaitanya News
  • 2026-05-20
  • 23:59:44
  • बुधबार,जेठ ०६, २०८३
  • बागमती प्रदेशसभा बैठक सर्यो

    बागमती प्रदेशसभा बैठक सर्यो

    हेटौँडा– बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारिएको छ।

    बुधबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १० चैत शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो।

    बुधबारको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल विश्वासको मत लिने तयारी गरेका थिए। तर, कांग्रेस सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच छलफलपछि बैठक सारिएको हो।