१. खज्युक संवत नेपालको कुन समुदायमा प्रचलित संवत हो।
A) थामी B) शेर्पा C) तामाङ D) थकाली
२. एक सिङ्गे गैडाको Zoological name के हो?
A) Rhinoceros unicornis B) Rhinoceros a siaris C) Rhinoceros onehurnis D) Rhinoceros indianis
३. विचार गर्नुहोस्।
१. भौतिक शास्त्रका वैज्ञानिक स्टेफेन हकिन्सको मुत्यु १४ मार्च २०१८ मा भएको हो।
२. उनको जन्म र मुत्यु संयुक्त अधिराज्य बेलायतमा भएको हो ।
३. उनको चर्चित पुस्तक A Brief History of Time सन् १९८८ मा प्रकाशित भएको थियो।
A) १ र २ मात्र ठीक B) १ र ३ मात्र ठीक C) २ र ३ मात्र ठीक D) सबै ठीक
४. नेपालमा वि.स २००७ देखि २०१७ सम्मको अवधिमा भएका प्रधानमन्त्रीको अघिल्लोदेखि पछिल्लोदको क्रम कुन सही छ।
A) मातृका प्रसाद कोइरला, डा.के.आई सिहं, टङ्कप्रसाद आचार्य, विपी कोइरला
B) मातृका प्रसाद कोइरला, टङ्कप्रसाद आचार्य, डा.के.आई सिहं, विपी कोइरला
C) विपी कोइरला, मातृका प्रसाद कोइरला,टङ्कप्रसाद आचार्य, विपी कोइरला
D) मातृका प्रसाद कोइरला,डा.के.आई सिहं, वपी कोइरला, टङ्कप्रसाद आचार्य,
५. (सन् २०२२) जापान सरकारले ‘द अर्डर अफ द राइजिङ सन्’ उपाधिबाट कसलाई सम्मान गरेको छ?
A) देवेन्द्रराज पाण्डे B) खगेन्द्र संग्रौला C) केदारभक्त माथेमा D) कुनै पनि होइन
६. International Red Cross ले नोवेल शान्ति पुरस्कार प्राप्त गरेका वर्षहरु तलका मध्ये कुन कुन हुन?
१. सन् १९१७ २. सन् १९४३ ३. सन् १९६३
A) १ र २ B) १ र ३ C) २ र ३ D) सबै
७. बेलायतको इतिहासमा महिला प्रधानमन्त्री हुने व्यक्ति को हुन? सही विकल्प छनोट गर्नुहोस्।
A) मार्थरेट थ्याचर B) थेरेजा मे C) लिज ट्रस D) माथिका सबै
८. संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्बाट सन् २०२२ अप्रिलमा निलम्बनमा परेको राष्ट्र कुन हो?
A) चीन B) रसिया C) युकेन D) अफगानिस्तान
९. टेनिन नामक तत्व केमा पाइन्छ?
A) सुन्तला B) सुर्ती C) कफि D) चिया
१०. कुन दिनलाई विश्व भन्सार दिवसको रुपमा मनाइन्छ?
A) जनवरी २७ B) जनवरी २६ C) जनवरी २८ D) जनवरी २९
११. नेपालको चुरे पर्वतको सर्वोच्च चुचुरो कुन हो?
A) तीनजुरे डाँडा B) शैलुङ C) ट्याम्के D) गार्वा
१२. हालसालै नेपालको कुन स्थानलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिएकोछ?
A) भक्तपुर, दरवार क्षेत्र B) पाटन,दरबार क्षेत्र C) सिन्धुलीगढ क्षेत्र, सिन्धुली D) तिलौराकोट,कपिलबस्तु क्षेत्र
१३. सार्क सम्बन्धमा तलका भनाई विचार गर्नूहोस्।
१. सार्कमा जम्मा ८ मुलुक छन्।
२. सार्क बडापत्रमा हस्ताक्षर गर्ने एक मात्र प्रधानमन्त्री राजीव गान्धी हुन्।
३. सार्क क्षेत्रको सबैभन्दा ठुलो मरुभुमि थार मरुभूमि हो। ठुलो देश भारत हो।
A) सबै ठीक B) १ र २ ठिक ३ बेठिक C) २ र ३ ठिक १ बेठिक D) १ ठिक २ र ३ बेठिक
१४. नेपालमा कति प्रजातिका लालीगुँरास पाइन्छन्?
A) ३२ B) ३३ C) ३१ D) ३०
१५. निम्न मध्ये कुन पदको नियुक्तिका लागि संसदीय सुनुवाई प्रकिया पुरा गर्न आवश्यक छैन?
A) सर्वोच्च अदालतको न्यायाधीश B) नेपाली राजदुत C) राष्ट्रिय योजना आयोगको उपाध्यक्ष D) महालेखा परिक्षक
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100