मधेश प्रदेशमा ११ औं खेलकुदको तयारी सुरु भइसक्यो : मुख्यमन्त्री यादव - Chaitanya News
  • 2026-07-03
  • 03:06:38
  • बिहिबार,आषाढ १८, २०८३
  • मधेश प्रदेशमा ११ औं खेलकुदको तयारी सुरु भइसक्यो : मुख्यमन्त्री यादव

    मधेश प्रदेशमा ११ औं खेलकुदको तयारी सुरु भइसक्यो : मुख्यमन्त्री यादव

    काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले, ११ औँ राष्ट्रिय खेलकुद मधेस प्रदेशमै आयोजना गर्ने गरी तयारी थालिएको जानकारी दिएका छन्।

    जनकपुरधाममा निर्माण हुने श्री राम जानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशालाका लागि छुट्ट्याइएको मैदान अवलोकन गर्दै उनले, खेलकुद आयोजनाकै तयारी स्वरूप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोगमा जनकपुरधाम रङ्गशाला निर्माण गर्न लागिएको जानकारी दिए।

    भारत सरकारले जनकपुरधामका लागि घोषणा गरेको एक सय करोड रकम रङ्गशाला निर्माणमा खर्च गरिने उनको भनाई छ।

    उनले जनकपुरधामका मेयर सहितले राष्ट्रिय खेलकुद परिषद्मा पुगेर ११ औँ राष्ट्रिय खेलकुद मधेस प्रदेशमै आयोजना गर्ने सहितको प्रस्ताव समेत राखिसकेको बताए।

    त्यस्तै मधेसका आठवटै जिल्लाका प्रमुख र आठ वटै जिल्लाका प्रमुख सहरहरूको पालिकाका प्रतिनिधि सदस्य रहने गरी ११ औँ खेलकुद सम्पन्न गर्न कार्यदल गठन भएको जनकपुरधाम उप महानगरपालिकाका मेयर मनोज कुमार साहले बताए।

    मधेस खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा सो कार्यदल बनेको उनको भनाई छ।