कांग्रेस सांसद अनुपस्थित, बागमतीका मुख्यमन्त्री अप्ठ्यारोमा - Chaitanya News
  • 2026-07-03
  • 03:06:55
  • बिहिबार,आषाढ १८, २०८३
  • कांग्रेस सांसद अनुपस्थित, बागमतीका मुख्यमन्त्री अप्ठ्यारोमा

    कांग्रेस सांसद अनुपस्थित, बागमतीका मुख्यमन्त्री अप्ठ्यारोमा

    काठमाडौं– नेपाली कांग्रेसले दुई दिन समय मागेपछि विश्वासको मत लिने तयारीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री अप्ठ्यारोमा परेका छन्।

    बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो। तर सत्ता गठबन्धन र प्रदेशसभाकै ठूलो दल कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौंमै छन्। कांग्रेस प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले भनिन्, ‘संसदीय दलको बैठक चलिरहेको छ। दलमा छलफल नभएकाले दुई दिनको समय मागेका छौं।’

    कांग्रेस नै अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले प्रदेशसभाको बैठक स्थगित गराउन चाहेका छन्। प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता गोपाल पोखरेलका अनुसार अहिलेसम्म मुख्यमन्त्री कार्यालयबाट कुनै पत्र आएको छैन र बैठक पनि स्थगित भएको छैन।

    माओवादी संसदीय दलका नेता जमकट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए। राप्रपाले १३ फागुनमै समर्थन फिर्ता लिएर सरकार छाडेको थियो, एमाले भने सरकारमै छ। तर सत्ता गठबन्धन हेरफेर भएकाले कांग्रेसलाई समेटेर सरकार गठन गर्ने मुख्यमन्त्री जमकट्टेलको तयारी छ।