धनगढीमा चट्याङ, एक घरमा क्षती - Chaitanya News
  • 2026-05-20
  • 22:35:44
  • बुधबार,जेठ ०६, २०८३
  • धनगढीमा चट्याङ, एक घरमा क्षती

    धनगढीमा चट्याङ, एक घरमा क्षती

    धनगढी– धनगढीमा चट्याङ खसेर एक घरमा क्षती पुगेको छ। मंगलबार धनगढी उपमहानगरपालिका–५ तारानगरका कुन्नु नारायण चौधरीको दुई तले पक्की घरमा चट्याङ खसेर क्षती पुगेको हो।

    उनले घरको दोस्रो तलाको छतको छज्जामा लम्बाई ४ फिट, चौडाई २ दशमलब ५ फिट प्वाल परेको छ। घरमा जडान भएको इन्भटर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सव मिटर पूर्ण रुपमा क्षति भएको चौधरीले बताए।

    यस्तै गाडी पार्किङ्ग गर्न बनाएको ग्यारेज टिन, पार्किङ्ग गरी राखेको बा ०१०२६ च ५१०८ नम्बर को कारमा र एउटा से ६ प ७४६६ नम्बरको स्कुटीमा समेत क्षति पुगेको छ।