कप्तान चेम्जोङ भन्छन् : चुनौती सामना गर्दै सफल भइन्छ - Chaitanya News
  • 2026-07-26
  • 09:22:59
  • आइतबार,साउन १०, २०८३
  • कप्तान चेम्जोङ भन्छन् : चुनौती सामना गर्दै सफल भइन्छ

    कप्तान चेम्जोङ भन्छन् : चुनौती सामना गर्दै सफल भइन्छ

    काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले छोटो समयको तयारी चुनौतीपूर्ण भएको र त्यसलाई स्वीकार गरेर घरेलु मैदानमा आयोजना हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता खेल्ने बताएका छन्।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार आयोजना गरेको खेल अघिको पत्रकार सम्मेलनमा कप्तान किरण तयारी छोटो समय भएको र चुनौतीपूर्ण रहेको बताएका हुन्। भर्खरै मात्र घोषणा भएको टोलीमा खेलाडीहरू सबै फिट रहेको र बुधबार लाओससँग हुने खेलका लागि टोली तयार भएको प्रतिक्रिया चन्दको थियो। कप्तान किरणले प्रशिक्षक र टिम नयाँ भएको भएपनि एक अर्कालाई विश्वास गरेर अगाडि बढ्ने बताए।