काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा दलित समुदायले पछिसम्म सम्झने गरी कार्यक्रमको घोषणा गर्ने बताएका छन्। जातीय छुवाछुतविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा दलित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा उनले दलित समुदायका माग पूरा गर्नसक्ने आफू मात्रै भएको बताए।
जे जति माग दलित समुदायबाट आएको छ आजको मितिमा कसैले पूरा गर्छन् भने मैले हो, अरुले गर्न सक्दैनन्। दलितहरुले सम्झने गरी केही कार्यक्रम घोषणा गर्छु, उनले भने।
दलित समुदायले जेजति अधिकार प्राप्त गरेका छन् त्यो सबै संघर्षबाट मात्रै प्राप्त गरेको भन्दै दाहालले अधिकार प्राप्तिको लडाईँलाई संस्कृतिक संघर्षको रुपमा बुझ्नुपर्ने बताए।
ुउत्पीडकहरुबाट आशा र भरोसा गरेर, उनीहरुको दयाको भिख मागेर अधिकार पाइने कुरा होइन। भिख मागेर अधिकार पाइँदैन खोसेर लिने हो। जेजति अधिकारको पाएका छन् त्यो लडेर प्राप्त गरेका हुन्,ु दाहालले भने ुअधिकारप्राप्तिको यो लडाईँ अलि लामो हुन्छ। यो वर्ग संघर्ष मुद्दामा पनि, संस्कृतिक संघर्षको मुद्दा र राजनीतिक संघर्षको पनि मुद्दा हो। यसलाई सांस्कृतिक क्रान्तिको रुपमा बुझ्न आवश्यक छ।