स्ववियु निर्वाचन स्थगित १७ क्याम्पसलाई तत्काल निर्वाचन गर्न निर्देशन - Chaitanya News
  • 2026-07-03
  • 09:55:43
  • शुक्रबार,आषाढ १९, २०८३
  • स्ववियु निर्वाचन स्थगित १७ क्याम्पसलाई तत्काल निर्वाचन गर्न निर्देशन

    स्ववियु निर्वाचन स्थगित १७ क्याम्पसलाई तत्काल निर्वाचन गर्न निर्देशन

    काठमाडौं– त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाले तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रकृया अघि बढाउन १७ आंगिक क्याम्पसलाई निर्देशन दिएको छ। त्यसमा ७ वटा उपत्यका र १० वटा उपत्यका बाहिरका रहेका छन्।

    चैत ५ गते तोकेको मितिमा निर्वाचन हुन नसकेपछि महाशाखाले सम्बद्ध पक्षसंग समझदारी कायम गरी तत्काल निर्वाचन गर्न सबै क्याम्पस प्रमुखलाई निर्देशन दिएको हो।

    स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव समेत रहनुभएका महाशाखाका निर्देशक प्रा. पशुपति अधिकारीद्धारा हस्ताक्षरित पत्रमा चैत ५ गते निर्वाचन सम्पन्न हुनुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले हुन नसकेको हो? तत्कालै समझदारी कायम गरी निर्वाचन गर्न निर्देशन गरेका छौ–उल्लेख भएको छ।

    निर्देशनालयले उपत्यकाको अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी, विश्वभाषा, रत्नराज्यलक्ष्मी, नेपाल कमर्श, , पाटन संयुक्त र आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुखलाई पत्र पठाएको छ।

    उपत्यका बाहिर पृथ्वीनारायण क्याम्पस, वन क्याम्पस पोखरा,पोखरा नर्सिङ र पश्चिमाञ्चल इन्जिनियरिङ, वीरगंगको ठाकुरराम क्याम्पस, कञ्चनपुरको सिद्धनाथ, धौलागिरी क्याम्पस वाग्लुङ, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवन इन्जिनियरिङ रामपुर र कृषी क्याम्पस रामपुर रहेका छन्।

    महाशाखाले सबै क्याम्पस प्रमुखलाई एउटै व्यहोराको पत्र पठाएको छ। त्रिविले जारी गरी निर्वाचन सम्बन्धि निर्देशिकामा निर्वाचन स्गथित भएको ३० दिनभित्र निर्वाचन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। सोही अनुसार निर्वाचन गर्न १७ क्याम्पसलाई पत्र पठाएका हौ– निर्वाचन समितिका सदस्य सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका निर्देशक प्रा.पशुपति अधिकारीले भने।

    उनका अनुसार पत्र पठाएलगत्तै किर्तिपुरको केन्द्रीय आयुर्वेद क्याम्पसले १७ गते निर्वाचन गर्ने गरी मिति तय गरेको जानकारी गराएका थिए।

    बाकी १६ वटालाई निर्देशिका अनुसार निर्वाचन गर्न आग्रह गरेका हौ–अधिकारीको भनाई छ। पाटन संयुक्त क्याम्पसका प्रमुख लक्ष्मणसिह कुँवरले विद्यार्थी संघ संगठनसंग छलफल गरी निर्वाचन गर्ने ततारी भैरहेको बताए।

    उनले भने हामी निर्वाचन गर्ने पक्षमा छौ, विद्यार्थी संगठन मिलेर नआएसम्म सम्भावना छैन। उहाले त्रिबिको पत्र र निर्देशिका अनुसार क्याम्पस प्रशासन निर्वाचन गर्ने तयारीमा रहेको बताए।

    सो क्याम्पसमा नेविसंघको दुई गुट भएकोले समस्या आएको हो। निर्वाचन नगराएको झोकमा विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

    त्रिबिले भने जस्तोसुकै परिस्थिति भएपनि निर्वाचन गर्नेपर्ने जनाएको छ। सोही अनुसार हामीले निर्देशिका बनाएका हौ, सोमबार पत्र पठाएका हौ–समितिका सदस्यसचिव प्रा अधिकारीले भने।