नैनसिंह महर भन्छन् : सरकारमा सहभागी हुनुभन्दा पहिले न्यूनतम साझा कार्यक्रम ल्याउनु पर्छ - Chaitanya News
  • 2026-05-20
  • 22:36:12
  • बुधबार,जेठ ०६, २०८३
  • नैनसिंह महर भन्छन् : सरकारमा सहभागी हुनुभन्दा पहिले न्यूनतम साझा कार्यक्रम ल्याउनु पर्छ

    नैनसिंह महर भन्छन्  : सरकारमा सहभागी हुनुभन्दा पहिले न्यूनतम साझा कार्यक्रम ल्याउनु पर्छ

    काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दश दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रमको आधार तयार पारेर मात्र कांग्रेस सरकारमा सहभागी हुनुपर्ने बताएका छन्।

    गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा महरले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढंगबाट हुनुपर्ने बताए।

    उनले भने, ‘सरकारमा सहभागी हुनुमात्रै ठूलो कुरा होइन। सहभागी हुनुभन्दा पहिले गठबन्धनका पार्टीबीच छलफल गरेर न्यूनतम साझा कार्यक्रम बनाउनुपर्छ र त्यसपछि मात्र सरकारमा सहभागी हुँदा राम्रो हुन्छ।’

    उनले देश र जनताले भोगिरहेका समस्यालाई सम्बोधन हुने गरी कांग्रेसले नीति तथा कार्यक्रमको खाका तयार गरेर गठबन्धन आबद्ध दलहरूमाझ लैजानुपर्ने बताए।