चिकित्सकहरूलाई तहगत रुपमा घटुवा गरेर पदपूर्ति गर्न खोजेको भन्दै आपत्ति - Chaitanya News
  • 2026-05-02
  • 16:52:32
  • शनिबार,बैशाख १९, २०८३
  • चिकित्सकहरूलाई तहगत रुपमा घटुवा गरेर पदपूर्ति गर्न खोजेको भन्दै आपत्ति

    चिकित्सकहरूलाई तहगत रुपमा घटुवा गरेर पदपूर्ति गर्न खोजेको भन्दै आपत्ति

    काठमाडौं-  नेपाल चिकित्सक संघले निजामती कर्मचारी र भरतपुर अस्पतालले ऐन विपरित चिकित्सकहरूलाई तहगत रुपमा घटुवा गरेर पदपूर्ति गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

    संघले विज्ञप्ति जारी गर्दै यी दुई अस्पतालले पदपूर्तिका लागि गरेको विज्ञापन स्वास्थ्य सेवा ऐन २०३५ र कार्यविधि २०५५ विपरित भएको भन्दै आपत्ति जनाएको हो ।

    निजामती कर्मचारी अस्पतालले पदपूर्तिका लागि गत फागुन ३० गते प्रकाशित गरेको विज्ञापनमा एमडी एमएस र एमडीएस पास भइसकेका चिकित्सकलाई मेडिकल अफिसरका रुपमा आठौं तहमा भर्ना गर्न खोजिएको र सो प्रक्रिया ऐन विपरित भएको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै, चैत २ गते भरतपुर अस्पतालले पदपूर्तिका लागि आठौँ तहको मेडिकल अधिकृत मासिक ज्यालादारीमा माग गर्दै विज्ञापन निकाल्नु पनि ऐत विपरित भएको भन्दै संघले ध्यानाकर्षण गराएको छ ।

    विशेषज्ञ चिकित्सकको सुरुको नियुक्त नवौँ तहबाट हुने स्वास्थ्य सेवा ऐनमा उल्लेख छ । ऐन विपरित निकालिएको यस्तो विज्ञापनले चिकित्सकीय पेशालाई हतोत्साहित गरेको संघको ठहर छ ।

    विज्ञप्ति

    FB_IMG_16793792357721679380150.jpg

     

     

    FB_IMG_16793792289981679380150.jpg