साफ यू–१७ वुमेन्स साफ भारतसँग नेपालको ४–१ ले पराजित - Chaitanya News
  • 2026-07-26
  • 09:21:53
  • आइतबार,साउन १०, २०८३
  • साफ यू–१७ वुमेन्स साफ भारतसँग नेपालको ४–१ ले पराजित

    साफ यू–१७ वुमेन्स साफ भारतसँग नेपालको ४–१ ले पराजित

    काठमाडौँ — साफ यू–१७ वुमेन्स च्याम्पियनसिपमा नेपाल सोमबार भारतसँग ४–१ ले पराजित भएको छ। बंगलादेशको ढाकामा भएको खेलमा भारतको प्रदर्शन प्रभावशाली रह्यो।

    भारतका तर्फबाट सिल्जी साजीले ह्याट्रिक गरिन्। एक गोल पूजाले गरिन। नेपालका तर्फबाट वर्षा ओलीले एक गोल फर्काइन्। यस जितसँगै भारतले प्रतियोगितामा तीन अंक जोडेको छ।

    प्रतियोगितामा नेपाल र भारतसँगै आयोजक बंगलादेश, भुटान र रुसको सहभागिता रहेको छ। नेपालले अब बुधबार भुटानको सामना गर्नेछ। त्यसपछि नेपालले आइतबार रुस तथा मंगलबार बंगलादेशको सामना गर्नेछ। रुसले आमन्त्रित टिमका रूपमा प्रतियोगितामा सहभागी भएको हो।