देशका केही स्थानमा अहिले वर्षा भइरहदाँ काठमाडौंमा दुई घण्टा पानी पर्ने सम्भावना - Chaitanya News
  • 2026-11-07
  • 12:51:17
  • शनिबार,कार्तिक २२, २०८३
  • देशका केही स्थानमा अहिले वर्षा भइरहदाँ काठमाडौंमा दुई घण्टा पानी पर्ने सम्भावना

    देशका केही स्थानमा अहिले वर्षा भइरहदाँ काठमाडौंमा दुई घण्टा पानी पर्ने सम्भावना

    काठमाडौं – देशका केही स्थानमा अहिले वर्षा भइरहदाँ काठमाडौंमा अब दुई घण्टा पानी पर्ने सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाहेकका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    अहिले लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश र कोसी प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् रोजन लामिछानले जानकारी दिए।

    उनका अनुसार वाग्मती प्रदेशका काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौंलगायत स्थानमा वर्षा भइरहेको छ। काठमाडौंमा अबको करिब दुई घण्टा वर्षा हुन सक्ने उनले बताए।

    “काठमाडौंमा अब करिब दुई घण्टा वर्षा हुन सक्ने देखिन्छ। तर, निरन्तर पानी पर्दैन। रोकिने, पर्ने हुनसक्छ,” उनले बाह्रखरीसित भने। काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिए।

    आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उनका अनुसार भोलि पनि देशका केही स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। भोलि असिनासहितको वर्षा हुन सक्ने उनले बताए।

    हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ बंगालको खाडीमा उत्पन्न जलवाष्पयुक्त वायु समेत यो प्रणालीमा मिसिएको मौसमविद् लामिछानेले जानकारी दिए।