सीप पनि भएको लाइसेन्स पनि भएको ड्राइभरको प्रतिक्षा गर्छौँ : अध्यक्ष लिङ्देन - Chaitanya News
  • 2026-07-03
  • 01:38:21
  • बिहिबार,आषाढ १८, २०८३
  • सीप पनि भएको लाइसेन्स पनि भएको ड्राइभरको प्रतिक्षा गर्छौँ : अध्यक्ष लिङ्देन

    सीप पनि भएको लाइसेन्स पनि भएको ड्राइभरको प्रतिक्षा गर्छौँ : अध्यक्ष लिङ्देन

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले धोका दिएपछि आफुहरुले साथ छाडेको बताएका छन्।

    सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलमा लिङ्देनले मुलकलाई अघि बढाउन सहमतिका साथ आफुहरु एकसाथ रहेको र प्रधानमन्त्रीले सहमति तोडेपछि आफुहरुले साथ छाडेको बताएका हुन्।

    प्रधानमन्त्रीले बाटो नै फेरेपछि लाचार भएर सरकारमा बसिरहन अनुचित हुने ठान्दै इमान्दारीता साथ समर्थन फिर्ता लिएको उनले जिकिर गरे। अब आफुहरु सीप पनि भएको र लाइसेन्स पनि भएको ड्राइभरको प्रतिक्षा गर्ने उनको भनाइ छ। उनले प्रधानमन्त्रीलाई नयाँ यात्राका लागि शुभकामना दिदै सरकारमा सहकार्य गर्न नसकेपनि अन्य राष्ट्रियताका विषयमा सहकार्य गर्न सकिने उल्लेख गरे।

    उनले सबैलाई सरकारमा लिएर जाने र सबैलाई भागबण्डा गर्ने परिकल्पना अहिलेको व्यवस्थाले नगरेको बताए।