कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास - Chaitanya News
  • 2026-07-17
  • 16:30:14
  • शुक्रबार,साउन ०१, २०८३
  • कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास

    कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास

    ओखलढुंगा- ओखलढुंगामा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडिमा तोडफोड प्रयास भएको छ। ओखलढुंगा सदरमुकामबाट तलुवा सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा गोरुमारे भञ्ज्याङमा आन्दोलनकारीले सवारी तोडफोडको प्रयास गरेका हुन्।

    कोसी नाम सच्याउन माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरले मुख्यमन्त्री सवार गाडीको झन्डा भाँचेर फालेका छन्। उनीहरूले मुख्यमन्त्रीलाई कालोझन्डासमेत देखाएका थिए।

    पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदेशभर आन्दोलन भइरहेको छ।