नेपाल टेलिकम खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत ४९ जनाले निकाले नाम - Chaitanya News
  • 2026-05-17
  • 09:42:42
  • आइतबार,जेठ ०३, २०८३
  • नेपाल टेलिकम खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत ४९ जनाले निकाले नाम

    नेपाल टेलिकम खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत ४९ जनाले निकाले नाम

    काठमाडौं– नेपाल टेलिकममा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत ४९ जनाले नाम निकाल्न सफल भएका छन्। स्थायी सेवाका लागि तह ४ को टक्निसियन पदका लागि ५३ सिटमा लोकसेवा आयोगद्धारा लिइएको परीक्षामा उनीहरु उत्तीर्ण भएका हुन्।

    आयोगका अनुसार समावेशी प्रतियोगितामा सिट संख्या छुट्याएर विज्ञापन गरेकोमा खुलातर्फ २९, महिलातर्फ ६, आदिबासी जनजातितर्फ ७, मधेसीतर्फ ५, दलिततर्फ २ र अपाङ्ग पिछडिएको क्षेत्रबाट १र१ जना उत्रिर्ण भएका छन्।

    टेलिकमले उत्तीर्ण भएका उम्मेदवारलाई आगामी १५ दिनभित्र नियुक्तिका लागि केन्द्रिय कार्यालयस्थित मानव संसाधन विभागमा सम्पर्क राख्नसमेत अनुरोध गरेको छ।