प्रधानमन्त्रीलाई एमालेको प्रश्न : के कारणले हामिसंग सहयात्रा टुंग्याएको? - Chaitanya News
  • 2026-07-03
  • 00:13:33
  • बिहिबार,आषाढ १८, २०८३
  • प्रधानमन्त्रीलाई एमालेको प्रश्न : के कारणले हामिसंग सहयात्रा टुंग्याएको?

    प्रधानमन्त्रीलाई एमालेको प्रश्न : के कारणले हामिसंग सहयात्रा टुंग्याएको?

    काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूसँग के कारणले सहयात्रा टुंग्याएको भनेर प्रश्न गरेका छन्।

    सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सोधे, ‘तपाईलाई के कारण पर्‍यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुभयो?

    उनले यदि कांग्रेससहितको दलसँगको सहयात्रामा फर्किनु थियो भने १० पुसमा एमालेसँग किन सहयात्रा गरेको भनेर प्रश्न गरे। ‘हिजो प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै पुरानै गठबन्धनतिर फर्किन खोज्नुभयो।’

    उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत नदिने र संसदका कसैले पनि दिन नहुने बताए।