सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच भेटवार्ता - Chaitanya News
  • 2026-07-03
  • 00:13:34
  • बिहिबार,आषाढ १८, २०८३
  • सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच भेटवार्ता

    सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच भेटवार्ता

    काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायत लेबर पार्टीका सांसद वीरेन्द्र शर्माबीच भेटवार्ता भएको छ।

    सोमबार सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच दुई देशको संसदको सम्बन्धलाई औंपचारिक कार्यक्रममार्फत् अघि बढाउने विषयमा केन्द्रित भएर भेटवार्ता भएको हो। जनस्तरको सम्बन्धलाई अझ बढि सुमधुर बनाउने सक्ने भएकाले कार्यक्रममार्फत् दुवै देशको संसदको गतिविधिलाई अघि बढाउने विषयमा आफूहरुबीच कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए। भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले द्विपक्षीय सम्बन्धमा विविध विषयमा पनि कुरा भएको बताए।

    त्यस क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उल्लेख गर्दै नेपालको ऊर्जा क्षेत्र र पर्यटन क्षेत्रमा लगानी बढाउन पनि बेलायत सरकारसँग आग्रह गरे। त्यसैगरी बेलायतसँग नेपालको सिँधै हवाई हवाई उडान गर्ने, बेलायतमा नेपाली विद्यार्थीहरूको अध्ययनका लागि अझै सहज वातावरणको निर्माण गर्नेलगायतका विषयमा छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले बताए।

    भेटमा अध्यक्ष तिमिल्सिनाले युरोपियन मुलुकहरुमा नेपालको हवाई सेवा संचालनका लागि पहल गरिदिन पनिसांसद शर्माको ध्यानाकर्षण गराएका थिए। सांसद शर्मा नेतृत्वको टोलीले यस अघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग पनि शिष्टाचार भेटवार्ता गरेको थियो।