काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिन लागेका छन् । यसका लागि संसद बैठक सुरु भइसकेको छ । आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने मात्र कार्यसूची छ ।
आइतबार नै सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने पत्र प्राप्त भएको भन्दै सोही प्रयोजनका लागि बैठक डाकेको जानकारी गराएका थिए ।