मोहन्याल क्याम्पसमा अखिल क्रान्तिकारीका अर्जुन १ भोटले विजयी - Chaitanya News
  • 2026-07-03
  • 00:11:38
  • बिहिबार,आषाढ १८, २०८३
  • मोहन्याल क्याम्पसमा अखिल क्रान्तिकारीका अर्जुन १ भोटले विजयी

    मोहन्याल क्याम्पसमा अखिल क्रान्तिकारीका अर्जुन १ भोटले विजयी

    कैलाली– कैलालीको मोहन्याल बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा माओवादीनिकट अखिल क्रान्तिकारीका अर्जुन खत्री १ भोटले विजयी भएका छन्।

    उनले २५ मत पाए। प्रतिद्वन्द्वी नेविसंघका वीरेन्द्र भण्डारीले २४ मत पाए। एमालेनिकट अनेरास्ववियुका सुनिलकुमार चौधरीले १४ मत ल्याए।

    सचिवमा नेविसंघका ज्ञानबहादुर खातीले २४ मत पाएर विजयी हुँदा कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी कुमारी चौधरी २८ मतका साथ विजयी भएका छन्।