सीमित स्रोत साधनका बीच समेत लुम्बिनी प्रदेश समृद्घिको मार्गमा : मुख्यमन्त्री गिरी - Chaitanya News
  • 2026-07-03
  • 00:12:16
  • बिहिबार,आषाढ १८, २०८३
  • सीमित स्रोत साधनका बीच समेत लुम्बिनी प्रदेश समृद्घिको मार्गमा : मुख्यमन्त्री गिरी

    सीमित स्रोत साधनका बीच समेत लुम्बिनी प्रदेश समृद्घिको मार्गमा : मुख्यमन्त्री गिरी

    तुलसीपुर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सीमित स्रोत साधनका बीच समेत लुम्बिनी प्रदेश समृद्घिको मार्गमा रहेको बताएका छन। मुख्यमन्त्री गिरीले साधन स्रोतको अभाव भए पनि नागरिकको सहयोगबाट प्रदेशलाई समृद्घिको मार्गमा अघि बढाउन सकिएको बताए।

    नेकपा (एमाले) ले सुरु गरेको मिसन ग्रासरुट अभियानका क्रममा आइतबार आयोजित कार्यक्रममा उनले जनप्रतिनिधि नागरिकसँगको सहकार्य र समन्वयको अभावमा उल्झनमा परेकाले विकासमा अवरोध सिर्जना भएको बताए।

    मुख्यमन्त्री गिरीले सबैको समन्वय र सहकार्यबाट प्रदेशको विकास र समृद्घिको मार्गमा अघि बढ्न सकिने बताए। उनले नागरिकका असीमिति चाहना इच्छालाई जनप्रतिनिधिले समन्वय गर्न सकेको अवस्थामा पूरा गर्न सकिने बताए।

    एमाले पोलिट्ब्यूरो सदस्य समेत रहेका गिरीले एमालेले विगतमा गरेका कार्यबाट नै जनताप्रति आकर्षण बढिरहेको बताए। उनले जनताको आकर्षणलाई नेता कार्यकर्ताबाट विकासमा कार्यमा अग्ररसता दिलाउनुपर्ने सुझाव दिए।

    पोलिट्ब्यूरो सदस्य रहेका गिरीले अभियानका क्रममा पार्टी कार्यकर्तालाई गोलबद्ध मात्रै नभई सामाजिक काममा समेत अग्रसरता दिलाउनुपर्ने बताउनुभयो । उहाँले अभियानका क्रममा शिक्षालय, पाटी, पौवा, चौतारा, नदीनाला सरसफाईजस्ता सामाजिक विकासका काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

    नेकपा एमाले घोराही नगर कमिटीका अध्यक्ष भुवन चौधरीको अध्यक्षता एवम मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा अभियानको कार्यक्रम सम्पन्न भएको हो ।