स्ववियु निर्वाचन : डोटीमा फर्जी मत खसालेको भन्दै मतपेटिका तोडफोड, मतदान रोकियो - Chaitanya News
  • 2026-07-03
  • 00:14:07
  • बिहिबार,आषाढ १८, २०८३
  • स्ववियु निर्वाचन : डोटीमा फर्जी मत खसालेको भन्दै मतपेटिका तोडफोड, मतदान रोकियो

    स्ववियु निर्वाचन : डोटीमा फर्जी मत खसालेको भन्दै मतपेटिका तोडफोड, मतदान रोकियो

    धनगढी– डोटीमा रहेको डोटी बहुमुखी क्याम्पसको मतदान रोकिएको छ।
    फर्जी मत खसालेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेपछि मतदान रोकिएको हो। क्याम्पसको गेटमा विद्यार्थीहरुले विरोध प्रर्दशन गरिरहेका छन्।

    आक्रोशित विद्यार्थीहरुले गेट नाघ्ने प्रयास गरिरहेका छन् भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ। विवाद उत्पन्न भएपछि डोटी क्याम्पसको अवस्था तनावपूर्ण बनेको छ।

    फर्जी मत हालेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लवनिकट अखिल क्रान्तिकारीका विद्यार्थीले मतपेटिकासमेत तोडफोड गरेको छन्। अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।