थापाथली इन्जिनियरिङ क्याम्पसको मतदान सकियो, एक घण्टामै मत परिणाम आउने - Chaitanya News
  • 2026-07-03
  • 00:13:33
  • बिहिबार,आषाढ १८, २०८३
  • थापाथली इन्जिनियरिङ क्याम्पसको मतदान सकियो, एक घण्टामै मत परिणाम आउने

    थापाथली इन्जिनियरिङ क्याम्पसको मतदान सकियो, एक घण्टामै मत परिणाम आउने

    काठमाडौँ– काठमाडौँको थापाथली इन्जिनियरिङ क्याम्पसको मतदान सकिएको छ। बिहान ८ बजेदेखि सुरु भएको मतदान करिब ४ बजेतिर सकिएको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए।

    अखिल क्रान्तिकारीबाट चुनावी कमाण्डरको रुपमा खटिएका एमसीले एक घण्टामै मत परिणाम आउने दाबी गरे।

    ‘अहिले भर्खरै मतदान सकियो। यो क्याम्पसमा विद्युतीय मतदान भएकाले एक घण्टामै नतिजा आउँछ’, एमसीले भने,‘अहिले सर्वदलीय बैठक बस्दै छ। बैठक सकिए लगत्तै मतगणना सुरु हुन्छ।’

    कुल विद्यार्थी मतदाता १ हजार ७ सय ३४ मतमध्ये १ हजार ५ सय ५० मत खसेको छ।