काठमाडौँ– स्ववियु निर्वाचनबारे विवाद हुँदा बाजुरामा झडप भएको छ। सत्ता गठबन्धन निकट विद्यार्थी र एमाले निकट अनेरास्ववियुको बीचमा झडप हुँदा प्रहरीले गोली चलाएको छ।
बुढीनन्दा क्याम्पस, कोल्टीमा भएको झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कविन्द्रसिंह बोहराले बताए। प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ।
झडपमा परेर दुईजना प्रहरी घाइते भएका छन्।