लोकसेवा उपयोगी सामग्री [५८] - Chaitanya News
  • 2026-05-20
  • 22:35:21
  • बुधबार,जेठ ०६, २०८३
  • १. त्रिभुवन राजमार्गको सम्बन्धमा कुन भनाई सही हो।

    १. यो नेपालको सबैभन्दा पुरानो राजमार्ग हो।
    २. १८९ कि.मि लामो यो राजमार्गलाई वाईरोडको नामले समेत चिनिन्छ।
    ३. त्रिभुवन राजमार्गका सबैभन्दा अग्लो भाग सिमभञ्याङ हो।
    ४. त्रिभुवन राजपथको उद्घाटन २०१९ बैशाख १ मा गरिएको हो।

    A) १ र २ ठीक B) १, २ र ४ मात्र ठीक C) ३ र ४ मात्र ठीक D) १,२ र ३ मात्र ठीक

    २. ‘अपरेसन क्वाक’ केसँग सम्बन्धित छ?

    A) वन्यजन्तुको तस्करी नियन्त्रण गर्न संचालन गरिएको अपरेसन
    B) अपराधिक घटना न्युनिकरण गर्न संचालित अपरेसन
    C) धुव्रे हात्ती मार्न संचालित अपरेसन
    D) नक्कली प्रमाण पत्र धारी डाक्टर पक्राउ गर्नका लागि संचालित अपरेसन

    ३. विश्वकै सबैभन्दा लामो भुमिगत रेलमार्ग कुन देशमा अवस्थित छ र यसको लम्बाई कति छ?

    A) स्वीट्जरल्याण्ड, ४७ कि.मि B) स्वीट्जरल्याण्ड, ५७ कि.मि C) फिनल्याण्ड, ४७ कि.मि D) ग्रिनल्याण्ड ४७ कि.मि

    ४. तल दिइएका महासन्धिहरु नेपाल पक्ष भएको छ,

    १. बाल अधिकार सम्बन्धि महासन्धि
    २. महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलनसम्बन्धि महासन्धि
    ३. यातना तथा अन्य क्रुर अमानवीय वा अपमानजनक व्यवहारमा वा दण्ड विरुद्धको महासन्धि
    ४. दासत्व महासन्धि उपरोक्त महासन्धी लागु भएको मितिको आधारमा तलको मध्ये कुन क्रम सही छ?

    A) 4-2-3-1 B) 2-3-4-1 C) 4-1-2-3 D) 1-2-3-4

    ५. विश्वमा पहिलो चालक रहित स्वचालित विमान आविष्कार गर्ने नेपाली वैज्ञानिक को हुन्?

    A) अमृत दाहाल B) सुमन सत्याल C) सुदर्शन कार्की D) रंचित कुमार रेग्मी

    ६. दिइएका भनाइहरू कुन गलत छ?

    A) नेपालको पहिलो निजी टेलिभिजन कान्तिपुर टेलिभिजन हो।
    B) नेपालमा सर्वप्रथम आ.व २०५२र २०५३ मा एफ.एम रेडियो शुरुवात भयो।
    C) नेपाली भाषाको पहिलो पत्रिका सुधार सागर हो।
    D) नारायणहिटी राजदरबारलाई २०६४/५/६ मा राष्ट्रियकरण गर्ने निर्णय गरियो।

    ७. बागमति सफाई अभियान कहिलेबाट शुरु भयो?

    A) वि.सं. २०७० जेठ ५ B) वि.स २०७० वैशाख ५ C) वि.स २०७१ जेठ १५ D) वि.स २०७२ वैशाख ११

    ८. WTO को सम्बन्धमा देहायका मध्ये कुन सही छ? पत्ता लगाउनुहोस्।

    १. यसको स्थापना गर्ने सम्झौताको नाम मराकेस हो।
    २. यसको केन्द्रीय कार्यलय न्युयोर्कमा छ।
    ३. यसका प्रधान अगंहरु ४ वटा रहेका छन।
    ४. यसको मन्त्री स्तरीय बैठक प्रत्येक २ वर्षको अवधिमा बस्छ।

    A) १ र ४ मात्र ठीक B) २,३ र ४ मात्र ठीक C) ३ र ४ मात्र ठीक D) १, ३ र ४ मात्र ठीक

    ९. नेपालको शैक्षिक इतिहासमा जय पृथ्वी बहादुर सिंहलाई कुन उपनामले चिनिन्छ?

    A) दोस्रो गौतम बुद्ध B) पृथ्वीका तारा C) नवज्योति D) शिक्षाका पिता

    १०. EUROPEAN Union को अन्तिम सदस्य राष्ट्र कुन हो?

    A) पोर्चुगल B) स्लोभाकिया C) क्रलोएसिया D) लम्जेम्बर्ग

    ११. Father of Antiseptic Surgery भनेर कसलाई चिनिन्छ?

    A) हिप्पोक्रिटस B) जोसेफ लिष्टर C) सिग्मण्ड D) गोटिलिव डेभलर

    १२. एक दिनमात्र सञ्चालन भएको सार्क शिखर सम्मेलन कुन हो?

    A) छैठों B) आठौ C) दशौ D) बाह्रौं

    १३. Dock Weed के सगँ सम्बन्धित छ ?

    A) विश्वमा ठुलो फुल पार्ने जातको हाँस B) विश्वमा सबैभन्दा ठुलो फुल फुल्ने वनस्पति C) विश्वमा सबैभन्दा सानो फुल फुल्ने वनस्पति D) फुल नफुल्ने म्भकभचत एबिलत

    १४. photo Voltic Cell देहायका मध्ये कुन सगँ सम्बन्धित छ?

    A) जलविद्युत B) वायु उर्जा C) वायु ग्यास D) सौर्य उर्जा

    १५. विश्व आर्थिक परिदृष्य World economic Outlook कुन सस्थाले प्रकाशन गर्दछ?

    A) IMF B) World Bank C) IBRD D) UNDP

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal
    New Baneshwor, Shankhamool, Kathmandu
    Contact No. 01-4792427, 9851246100, 9851146100